रौतहटको कटहरिया र गरुडा नगरपालिकामा मतगणना स्थगित

रौतहट, असोज ५ । रौतहटको कटहरिया नगरपालिका र गरुडा नगर पालिकामा मतगणना स्थगित भएको छ ।

गरुडा नगरपालिकामा बुधबार साँझबाट एक भोटले चुनावको हारजित भएपछि सुरु भएको विवादले चरम रुप लिँदा मतगणना स्थगित भएको हो । त्यस्तै कटहरिया नगरपालिकामा पनि मतगणनाका क्रममा विवाद हुँदा स्थितले उग्र रुप लिएपछि झडप भएको थियो ।

झडपमा राजपा कार्यकर्ताको ज्यान समेत गएका कारण मतगणना स्थगित भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!