घटस्थापनाको दिनः यसरी भित्राइयो हनुमानढोकामा दशैं

काठमाडौं, असोज ५ । घरघरमा घटस्थापना साथै हिन्दु नेपालीको महान चाड दशैंसँगै नवरात्रसमेत सुरु भएको छ।

चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने प्रचलन रहदै आएको छ।

यस दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ। जमरा राख्न आज बिहान ९ः४१ बजेको साइत थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!