विद्यार्थी र अभिभावक विनाको अभिभावक दिवसमा राष्ट्रपति उपस्थित

काठमाडौं, असोज ५ । राजधानीको बूढानिलकण्ठ चपलीस्थित एक विद्यालयमा अभिभावक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रण गरेपछि विद्यालयका विद्यार्थी अनि अभिभावकहरुलाई भने  बोलाइएन ।

श्री गणेश माध्यामिक विद्यालयको ५७ औँ वार्षिकोत्सव र अभिभावक दिवस समारोहमा प्रमुख अतिथिको लागि राष्ट्रपति भण्डारीलार्इ निम्ता गरियो जसलाई स्वीकारेर उपस्थित पनि भइन् । तर अचम्म के थियो भने त्यहाँ कुनै पनि अभिभावकलाई निम्ता गरिएन ।

राष्ट्रपति उपस्थिति हुने भएपछि उनको सुरक्षाका कारण अभिभावक तथा विद्यार्थीलार्इ नबोएको विद्यालयका प्रधानध्यापक मिमकाजी श्रेष्ठले बताए।

बुधबार अपरान्ह १ बजेदेखिको कार्यक्रम भएपनि विद्यालयलाई सुरक्षाकर्मीहरुले विद्यालयलाई विहानैदेखि आफ्नो घेरामा राखेका थिए। अनुमति बिना कसैलार्इ प्राङ्गणमा छिर्न दिइएन । कार्यक्रम स्थलमा तालिमप्राप्त कुकुरबाट जाँच गरियो।

अभिभावक र विद्यार्थीको ठाउँमा विभिन्न राजनीतिक नेता तथा नगरपालिका प्रमुख–उपप्रमुख र प्रमुख जिल्ला शिक्षा अधिकारी लगाएका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

विद्यालयमा १४ सय विद्यार्थी संख्या रहेकोमा कार्यक्रममा ५० जना जति मात्रै विद्यार्थीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!