माछा मार्न गएका सतारको डुबेर मृत्यु

दमक, असोज ५ । माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नं ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।

स्थानीय खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मादक पदार्थ सेवन गरेर माछा मार्न गएका सतारलाई अचानक सुखादी खोलाले बगाएको थियो ।

बुधबार बिहान ६ बजेतिर माछा मार्न गएका उनी दिउँसो मृतावस्थामा भेटिएका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!