कलाकार गुरुङलाई रु ५५ हजार सहयोग

काठमाडौँ, असोज ५ । त्रिवि शिक्षण अस्पतालमा गत साउन २६ गतेदेखि मिर्गौलासम्बन्धि रोगको उपचार गराइरहेका गायक तथा संगीतकार पूर्ण गुरुङलाई रु ५५ हजार सहयोग प्रदान गरिएको छ ।

एन्जल्स गुरुङ सोसाइटी, प्रकाश गुरुङ, नेपाली काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङ र जोसेफ घलेले संयुक्तरुपमा सो सहयोग गर्नुभएको कुरा कोषाध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

उहाँलाई हालसम्म विभिन्न संघसंस्था तथा आफन्तले गरी जम्मा रु १२ लाख सहयोग गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!