कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे

बारा, असोज ५  । बाराको कलैया उपमहानगपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका जलाउद्दिन मन्सुर विजयी भएका छन्।

यसअघि  सिराहाको अर्नामा गाउपालिकामा माओवादी केन्द्रका मेयर ठकु महतो २,४३६, उपमेयर सियावती मुखिया २,२९९ मतसहित बिजयी भएका छन्।

प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डल २,२०९ र उपमेयर रामकुमारी महतो २,२९८ मत रहेकाे छ ।

यसअघि सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी भए भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भएकी छिन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!