बर्दिवासमा माओवादी केन्द्रकाे बर्चस्व: वडा नं. १२ रामकिश्वर साह विजयी

बर्दिवास, असोज ५ । महोत्तरीेकाे बर्दिवास नगरपालिका- १२ मा माओवादी केन्द्रले जित हासिल गरेको छ । केन्द्रका रामकिश्वर साहले ८१६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटमप्रतिद्वन्द्वी काङ्ग्रेसका मनमोहन दाहालले २४३ मत प्राप्त गरेका छन् ।

यसअघि महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका राजनप्रसाद ढुंगाना १३४१ मत ल्याएर विजयी भएका छन्। उनका निकटत प्रतिद्वन्द्वी एमालेका दिलिप थापाले ७६८ मत पाए ।

सिराहाको अर्नामा गाउपालिकामा माओवादी केन्द्रका मेयर ठकु महतो २,४३६, उपमेयर सियावती मुखिया २,२९९ मतसहित बिजयी भएका छन्। प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डल २,२०९ र उपमेयर रामकुमारी महतो २,२९८ मत रहेकाे छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!