सिरहाका १७ मध्ये ६ मा माओवादीको अग्रता, कुन तहमा को अगाडि ?

सिरहा, असोज ४ ,नेकपा माओवादी केन्द्र प्रचण्डको चुनावी जिल्लाका रुपमा समेत परिचित प्रदेश नं. २ को सिरहा जिल्लामा माओवादीले अन्य दलहरुभन्दा बढी स्थानमा अग्रा लिएको छ ।

हालसम्म प्राप्त परिणाम अनुसार, १७ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले ५ वटा तहमा अग्रता लिएको छ भने एक तहमा विजयी हासिल गरेको छ ।

सिरहा जिल्लामा अन्य जिल्लामा प्रभावशाली उपस्थिति देखाएको नेपाली कांग्रेस भने तेश्रो स्थानमा रहेको छ । दोश्रो स्थानमा नेकपा एमाले र संघीय समाजवादी फोरमले ४र४ वटा स्थानीय तहमा अग्र स्थान लिएका छन् ।

मधेसका मुद्दा उठाएर दुई वर्षदेखि आन्दोलनरत दलहरु मिलेर बनेको राजपा भने एक स्थानीय तहमा मात्र अगाडि छ ।

नेकपा माओवादी केन्द्रले धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा नगरपालिका तथा अर्नमा र औरही गाउँपालिकामा अग्रता लिएको छ ।

माओवादीले अग्रता बनाएको ६ बटा स्थानीय तह मध्ये गोलबजार, मिर्चैया नगरपालिका, कर्जन्हा, सिरहाको ५ नम्वर संसदीयमा क्षेत्रमा पर्छ ।

एमालेले भने लहान नगरपालिका, बिष्णुपुर गाउँपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिकामा अग्रता देखाएको छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालले जिल्लाको सुखीपुर नगरपालिकासहित औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिकामा अग्रता बनाएको देखिन्छ ।

नेपाली कांग्रेसले सिरहा नगरपालिका र नरहा गाउँपालिकामा अग्रता लिएको छ भने राजपाले कल्यााणपुर नगरपालिकामा अग्रता लिएको छ ।

१.लहान नगरपालिका

एमाले मेयर – २१६४/ उपमेयर १८९४
कांग्रेस मेयर – १५७३/ उपमेयर १९७१
संघीय फोरम मेयर – १३७२/ उपमेयर १४५५
राप्रपा मेयर – १३५९/ उपमेयर १००९

२.सिरहा नगरपालिका

कांग्रेस मेयर –१२७८/ उपमेयर १२७३
एमाले मेयर– ११७२/ उपमेयर ११८९
संघीय फोरम मेयर – ११०८/ उपमेयर १०७१

३.गोलबजार नगरपालिका

माओवादी केन्द्र मेयर – १३४१/ उपमेयर १२८९
कांग्रेस मेयर – ७५०/ उपमेयर  ५०२
एमाले मेयर – ८९९/ उपमेयर  ८७०

४.मिर्चैया नगरपालिका

माओवादी केन्द्र मेयर – १६५४/ उपमेयर १६०४
एमाले मेयर – ९५०/ उपमेयर  ९५५
कांग्रेस मेयर – ५११/ उपमेयर  ५१४

५.धनगढी नगरपालिका

माओवादी मेयर – ११८७/
कांग्रेस मेयर – १०१०/
एमाले मेयर – ९००/
काग्रेस मेयर – ८७/९४
संघीय फोरम मेयर – ६०/ उपमेयर ५८

६.कल्याणपुर नगरपालिका

राजपा मेयर – २१०९/ उपमेयर  २१२७
नेपाली काग्रेस मेयर – १८८२/ उपमेयर १७७१
माओवादी केन्द्र मेयर – ६४६/ उपमेयर ६९३
एमाले मेयर – ५७०/ उपमेयर ६३१

७.सुखीपुर नगरपालिका

फोरम मेयर– १०७३ /उपमेयर माओवादी –९७९
एमाले मेयर – ९६९/उपमेयर  ८७४
कांग्रेस मेयर – ७९७/ उपमेयर ७३८

८.कर्जन्हा नगरपालिका

माओवादी मेयर – २७४८/ उपमेयर  २७१५
एमाले मेयर – २४४३/ उपमेयर २२५३
काग्रेस मेयर – ५५४/

९.औरही गाउँपालिका

माओवादी मेयर – ११८२/ उपमेयर ११९२
संघीय फोरम मेयर –१०२५/ उपमेयर १०२०
काग्रेस मेयर – ८१४/ उपमेयर ७७३

१०.भगवानपुर गाउँपालिका

एमाले मेयर –२०४१
संघीय फोरम मेयर – १३५०

११.नवराजपुर गाउँपालिका

संघीय फोरम मेयर –१५६३/ उपमेयर १४३०
एमाले मेयर – १०६१/ उपमेयर ११११
काग्रेस मेयर – ८८१/ उपमेयर ९७७

१२.अर्नामा गाउँपालिका

माओवादी केन्द्र मेयर – १३३२/ उपमेयर १२९८
काग्रेस मेयर – ६९०/ उपमेयर  ७०६
एमाले मेयर –६५६/ उपमेयर ६९०

१३.विष्णुपुर गाउँपालिका

एमाले मेयर – १०८९
संघीय फोरम मेयर – ९४९
राजपा मेयर – ८५८

१४.नरहा गाउँपालिका

कांग्रेस मेयर –६६३
एमाले मेयर – ५२६

१५.लक्ष्मीपुर पतारी गाउँपालिका

सघीय फोरम मेयर – ५८४
एमाले मेय – ४९१
नेपाली कांग्रेस मेयर – २७१

१६.सखुवानन्कारकट्टी गाउँपालिका

एमाले मेयर –४४६
कांग्रेस मेयर – ३४६
संघीय फोरम मेयर – ३१६

१७. बरियारपट्टी गाउँपालिका

फोरम मेयर – १३७७
काग्रेस मेयर – ९५७
एमाले मेयर – ४०९

कमेन्ट गर्नुहोस्

error: Content is protected !!