सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी

सिरहा, असोज ४ । सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

मेयरमा माओवादी केन्द्रबाट गंगा पासवान र उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी बनेका हुन् ।

हाल मतगणना स्थलबाहिर विजयी जुलुसको तयारी भइरहेको छ भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

यससँगै सिराहामा दुर्इ गाउँपालिका र तीन नगरपालिकामा माओवादीले अग्रता कायमै राखेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!