मतगणनामा चाँडाे गर्न सप्तरीमा दाेब्बर गणक थपियाे

काठमाडौं, असोज ४ । गत सोमबार दुई नम्बर प्रदेशका ८ जिल्लामा भएको स्थानीय तह तेस्रो चरणका निर्वाचनको मतगणना भइरहेको छ । मतपरिणाम आउने क्रम जारी रहेपछि मतगणना ढिला सुस्त भएको गुनासो बढेपछि निर्वाचन आयोगले गणना गर्ने टोली बढाएको हो ।

न्यूनतम १३५ गणक टोलीबाट बढाएर ३ सय भन्दा बढी पुर्‍याएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार गणनालाई छिटो छरितो गर्न मत गणना गर्ने टोली अझै बढाउने काम भइरहेको छ । आयोगले चुनाव भएको ५ दिन भित्र अन्तिम परिणाम सार्वजनिक गर्ने गरी काम गरिरहेको जानकारी उनले दिए । तर धेरैजसो स्थानीय तहमा राजनीतिक दलको सहयोग नमिल्दा सोचे अनुसारको गणना हुन सकेको उनले बताए ।

सप्तरीको राजविराजबाहेक १३५ स्थानीय तहमा अहिले शान्तिपूर्ण तरिकाले मतगणना भइरहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!