शिक्षाबिना मानव सभ्यता र विकासको कल्पना गर्न सकिँदैन- मेयर रेणु दाहाल

चितवन, असोज ४ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शिक्षा क्षेत्रलाइ प्राथमिकतामा राखी अगाडि बढ्ने बताएकी छन् । बुधबार सप्तगन्डकी बहुमुखी क्याम्पस, नारायणी नमुना माध्यामिक विद्यालय र नारायणी पोलिटेक्निक इन्स्टिच्यूटले भरतपुरमाआयोजना गरेको सम्मान तथा शूभकामना आदन प्रदान कार्यक्रमलार्र्इ सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

सो अवसरमा मेयर दाहालले शिक्षा क्षेत्रको विकासबिना मानव सभ्यता, विकास र सम्वृद्धिको कल्पना गर्न नसकिने बताउँदै जीवन उपयोगी प्राविधिक शिक्षक आजको आवश्यकता रहेको बताइन् । दाहालले चितवनलाइ शैक्षिक केन्द्रको रूपमा विकास गर्न प्रशस्त संभावनाहरू भएको बताउँदै यसका लागी महानगर लागिपर्ने बताइन् ।
मेयर दाहालले महानगरको सम्वृद्धिको नारा शिक्षाको ज्योतिले मात्र पुरा गर्ने बताइन् ।

शिक्षा सर्वसुलभ र आम नागरिकको पहुँचमा हुनुपर्ने बताउँदै मेयर दाहालले क्याम्पस र विद्यालयहरूलार्इ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बृहत गुरूयोजनासहित ऐकिकृत शहरी विकास रिङरोड, लिडंकरो निर्माण गरी गोलाधाट र गाइधाटलाइ भरतपुरसँग जोडेर सम्वृद्धि हासिल गर्ने अभियान छिट्टै सुरू हुने पनि दाहालले बताइन् ।

महानगरपालिकाको पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, आधुनिक कृषि विकास र पर्यटनको तिव्र विकासले मात्र हामीले चाहेको सम्वृद्धि हासिल गर्न सकिने बताउँदै त्यसका लागि शिक्षक, प्राध्यापकहरूले योजना तर्जुमामा सूझाव र सहयोग गर्न आग्रह गरिन् । सो अवसरमा अव्यवस्थित बनिरहेको बजार व्यवस्थापन र सवारी पार्किङ्गको व्यवस्थापनमा सबै नगरवासीहरूसँग सहयोगको माग गरिन् । उनले भनिन्– ‘कुनै पनि दबाब र आन्दोलनको भरमा महानगरले लिएको पार्किङ्ग व्यवस्थापन र जोर बिजोर प्रणालीको निर्णयबाट पछि नहट्ने बताइन् ।

कार्यक्रममा महानगरकी उपमेयर पार्वती शाह ठकुरीले सबैको सहयोगले नै हराभरा र सुन्दर महानगर बन्ने बताउँदै सबैको सकारात्मक सोच र रचनात्मक सहयोग आवश्यक रहेको बताइन् ।शाहले भनिन्– ‘हामीलाइ आफ्नो अमूल्य मत दिएर विजयी गराए । त्यो अमूल्य मतको सधै उच्च मूल्याडंकन गर्दै महानगरको बिकास र महानगरबासीको सहयोगमा खर्चिन्छु ।’

कार्यक्रममा वडा नं.१० का वडाध्यक्ष अरूण पिडित भण्डारीले आफू सबैको साझा जनप्रतिनिधीको रूपमा काम गर्ने बताए । सो अवसरमा मेयर, उपमेयर १० नं.वडाका वडाध्यक्ष र सदस्यहरूलार्इ स्वागत गरिएको थियो ।

सप्तगण्डकी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तगण्डकीको तर्फबाट शिक्षाविद् रमाकान्त सापकोटाले क्याम्पसका समस्या तथा प्रगतिका बारेमा जानकारी गराएका थिए । सापकोटाका अनुसार ं२ देखि स्नातकसम्म विज्ञान, मानविकी शिक्षा र व्यवस्थापन संकायमा गरी चार हजार बढी विद्यार्थीहरूले सर्वसुलभ शिक्षा लिइरहेका छन् ।

सो अवसरमा नारायणी नमुना माविका प्राचार्य पूर्ण प्रसाद दवाडीले नारायणी नमुना माबि तथा नारायणी पोलिटेक्न्को बारेमा जानकारी गराएको थियो । २०२० सालमा नारायणी रात्रीकालिन विद्यालयको रूपमा शूरू भएको हालको नारायणी माबिमा १७ सय छात्र तथा छात्राहरूले अध्ययन गरिरहेका छन् ।

नारायणी नमुना उच्च माबि यस बर्ष देशैभरिको सामुदायिक विद्यालयमा दोस्राृ भएको दवाडीले बताए । यस वर्ष ३ सय विद्यार्थीले एसईई परीक्षामा भाग लिने बताउँदै सबैले ए प्लसको नतिजा ल्याउने गरी तयारी गरिरहेको समेत दवाडीले बताए । यसका अलवा विद्यालयले ५० जना सुस्तमनस्थिति तथा दृष्टिविहीन विद्यार्थीहरूलार्इ आवश्यकरुपमा शिक्षा दिइरहेको बताए ।

नारायणी पोलिटेक्निक इन्टिच्यूटले यसै बर्षदेखि दुर्गम क्षेत्रका विद्यार्थी दलित र सिमान्तकृत समुदायका विद्यार्थीहरूलार्र्इ विभिन्न सीपमूलक तालिमहरू संचालन गरिरहेको र आगामी शैक्षिक सत्रदेखि कृषि र इन्जिनियरिङ विषयको अध्यापन थालिने दवाडीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!