धाँधली भएकाे भन्दै पुन: मतगणनाकाे माग

काठमाडौं, असोज ४ । गत सोमबारे प्रदेश नम्बर २ का आठ जिल्लाहरुमा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबिच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले फेरि मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।

यस विषयमा राजनीतिक सहमति कायम भएलगत्तै यो स्थानीय तहमा मतगणना फेरि सुरु हुने बताइएको छ ।

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना सुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!