सिमरा उपमहानगरपालिका २२ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौं, असोज ४ । बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका मणिकलाल तामाङ्गले वडा अध्यक्षमा ३२३ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा भने गरेको छैन ।

तामाङका प्रत्यासी नेकपा एमालेले २९८ मत र काग्रेसले २९१ मत ल्याएको छ । २२ वडामा १०३० मत खसेको थियो । जसमध्ये १९ मत बदर भएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!