टयाक्सी दुर्घटनामा बालिकाको मृत्यु

दाङ, असोज ४ । दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाबाट खबरी जाँदै गरेको रा १ ज ३३ नं ट्याक्सी खबरी खोला नजिक रहेको बेदी भन्ने ठाउँमा गएराति दुर्घटना भएको थियो ।

बालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ब्रेक फेल हँुदा ट्याक्सी दुर्घटनामा परेको बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!