दोलखामा रित्तियो नयाँ शक्ति, ५२ नेता माओवादी केन्द्रमा प्रवेश (नामावली सहित)

दोलखा, असोज ४ ।  नयाँ शक्ति नेपालका ५२ नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । याे स‌ँगै दोलखामा नयाँ शक्ति रित्तिएकाे छ ।

माओवादी आन्दोलनको रक्षा गरेर मात्रै नेपालमा जनवादी  क्रान्तीकाे अभिष्ट पुरा गर्न सकिने बताउँदै नयाँ शक्ती दोलखाका नेताहरु माओवादीमा समाहित भएका हुन् ।

उनीहरुका अनुसार अब माओवादी केन्द्रमा सबैतिरबाट आउने नेता कार्यकर्ताको संख्या बढ्ने छ । माओवादी केन्द्रबाट बिभाजीत भएर बनेको नयाँ शक्तीबाट पछिल्लो समय माओवादी केन्द्रमा फर्कनेहरुको संख्या ह्वात्तै बढेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

नयाँ शक्तीका निकै प्रभावशाली नेताको रुपमा परिचित देबेन्द्र पौडेल सहितको हजारौंको संख्यामा टिम माओवादी केन्द्रमा फर्किएपछि नयाँ शक्तीमा माओवादीकेन्द्रमा पार्टी समाहित हुनेहरुको संख्या बढेको बताईन्छ ।

 


कमेन्ट गर्नुहोस्

error: Content is protected !!