बेथितिको अन्त्य गर्न सधाउनुस्: मेयर रेणु दाहाल

चितवन ,असोज ४ ।  भरतमहानगरपालिकाकी मेयर रेणु दाहालले बेथितिको अन्त्यगर्न सम्पुर्ण ब्यावसायीहरूलाइ सहयोद गर्न आग्रह गरेकी छन् ।चितवन अटोमोबाईल्स् डिलर यसोसियसनका नवनिर्वाचित पदाधिकारीहरूको धोसणा सत्रलाइ मगलबार सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

यातायात ब्यावसायको उचित ब्यावस्थामन संचालन जरूरी रहेको र यसको उचित र बैज्ञनिक ब्यावस्थापनकोलागी महानगर लागीपरेको बताउदै बेथितिको अन्त्य गर्न ब्यावसायीहरूलाइ सहयोग गर्न आग्रह गरिन् ।

महानगर पालिकाले महानगरपालिका भित्र अबेवस्थित सवारी साधनहरूकोआवागमनलाइ ब्यावस्थित गरी छाड्ने बताइन्

यसको ब्यावस्थापनकालागी ब्यावसायीहरूलाइ आफ्नो सवारीको उचित ब्यावस्थापन गरी महानगरलाइ सहयोग गर्न आग्रह गर्रिन् ।महानगर अवरोधहरूसंग नडराउने बरू न्यायोचित ब्यावस्थापन गर्दै जाने बताइन् ।

हाल अटोरिक्सा ब्यावसायी साथिहरूले महानगर पालिकाको आग्रहलाइ नमानी आन्दोलन गर्नु जायज नभयको भन्दै आन्दोलनरत मजदुर र ब्यावसायी हरूको दिर्गकालिन हितकैलागी जोर बिजोर प्रणाली लागुगर्नु परेको बताइन्

मेयर दाहालले भरतपुरमा यातायात कार्यालय स्थापना गर्नुपर्ने माग जयज रहेको भन्दै तेसकालागी डेढ करोड बजेट उपलब्ध भैसकेको भन्दै आवस्यक जमिनको खोजी अन्तिम चरणमा पुगेको बताए ।

कार्यक्रममा उध्धो बाणिन्ज्य संध नारायणगढका बरिस्ठ अध्यक्ष राजु स्रेस्ठले हराभरा सुन्दर संबृद्द महानगर निर्माणकालागी हातेमालो गर्दै अगाडीबढ्न तयार रहेको बताउदै अटो लेन्ड ,बधसाला र तरकारी बजारको उचित ब्यावस्थानमा महानगरले ध्यानदिनुपर्नेमा जोड दिए ।

अधिबेसनले इस्वर स्रेस्ठको अध्यक्षतामा ९ सदस्सिय नयॉ कार्यसमिती चयन गरेको छ ।जसको उपाध्यक्षमा गोपाल प्रशाद भट्टराइ सचिब ईन्द्र प्रसाद रेग्मी कोसाध्यक्षबिमल पौडेल सदस्यहरूमा राजन स्रेस्ट ,पुर्सोतम् अर्याल दाताराम धिमिरे लगायत रहेका छन् ।

कार्यक्रममा ट्राफिक प्रमुख सन्तोस पन्त नेको इन्सोरेन्स का डिपोटी सिइओ असोक कुमार खड्का यातायात सेवाकार्यालय चितवनका प्रमुख रिषीराम ढकाल लगायतका बक्ताहरूले निर्वाचित समितिलाइ शूभकामना दिदै मर्यादित भयर ब्यावसाय संचालन गर्न आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!