वीरगञ्जमा मतगणना सुस्त

काठमाडौं, असोज ४ – प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा मतगणना निकै सुस्त भएको छ । निर्वाचन आयोगले  पाँच दिन भित्र सबै स्थानीय तहको मत परिणाम आउने दाबी गरे पनि यहि गतिले यो अवधिमा परिणाम आउने सम्भावना निकै कम छ ।

महानगरपालिकामा मत गणना गर्न ६ टोली खटिएका छन् ।

राजनीतिक दलबिच कुरा नमिल्दा खटाइएका ११ टोली परिचालन गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ पराजुलीले बताउनुभयो । उहाँका अनुसार मत गणना ढिलो र सुस्त हुनुमा राजनीतिक दल नै जिम्मेवार छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!