माओवादी केन्द्रले बर्दिवासमा पनि खाता खोल्यो

महोत्तरी, असोज ४ – महोत्तरीमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा चुडामणि पोखरेल विजयी हुनुभएको छ ।

त्यस्तै बर्दिवासको पछिल्लो मत परिणाम अनुसार मेयर र उपमेयरमा नेपाली कांग्रेसको अग्रता कायम देखिएको छ । कांग्रेसका मेयर उम्मेदवार प्रह्लाद श्रेत्रीले ८६० मत पाउनु भएको छ भने उपमेयर उम्मेदवार तारादेवी महतोले ४८५ मत पाउनुभएको छ ।

माओवादी केन्द्रका मेयर उम्मेदवार विदुर कार्कीले ५२८ तथा उपमेयर कृष्णकुमारी गौतमले ५७६ मत पाउनुभएको छ । महोत्तरीका अधिकांश स्थानीय तहमा मुख्य तीन दल नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेपाली कांग्रेसबिच प्रतिस्पर्धा रहेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!