माओवादी केन्द्रको पैयु–काठमाडौं सम्पर्क समिति गठन

काठमाडौं, असोज ४ । नेकपा (माओवादी केन्द्र) पैंयु–काठमाडौं सम्पर्क समिति गठन भएको छ।

बुधबार काठमाडौंमा भएको भेलाले सम्पर्क समिति गठन गरेको हो। नवगठित सम्पर्क समितिको अध्यक्षमा चन्द्र थापा र सचिवमा पर्शुराम भूर्तेललाई चयन गरेको छ।

२१ सदस्यीय समितिले छिटै बृहत भेलाको आयोजना गरेर काठमाडौंमा बसोबास गर्ने पैंयु क्षेत्रका माओवादीहरुलाई संगठित गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए। भेलामा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष निलकण्ठ तिवारी, विद्यार्थी नेता यामनाथ गिरी, पर्वत–काठमाडौं गणतान्त्रिक मञ्चका अध्यक्ष नारायण काफ्ले, अशोक पौडेल लगायतका वक्ताहरुले भेलाको औचित्यमाथि प्रकाश पार्दै नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!