मेक्सिकोमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३८ पुग्यो (फाेटाे फिचर सहित)

मेक्सिको, मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परि मृत्यु हुने को संख्या १३८  नाघेको छ ।

गार्जियन न्यूज़ एजेंसीले जनाए अनुसार राजधानी मेक्सिको सिटीमा मात्र ३० बढ़ीको मृत्यु भएको छ ।

बीबीसीका अनुसार राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ। ७.१ म्याग्नीच्यूडको भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको हो।

उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्। उनीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन्।

मेक्सिकोमा ३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो।

मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको

थियो र शहरभरका घरहरु खाली गराइएका थिए।

मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो। यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा नब्बेजना मारिएका थिए।

सबभन्दा पछिल्लो भूकम्पको केन्द्रबिन्दु मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गो रहेको छ।

 

 

 

 

mex10

mex9

mex8

mex6

mex4

mex3

कमेन्ट गर्नुहोस्

error: Content is protected !!