ठोरीमा कडा प्रतिष्पर्धा, ५ मतले माओवादी अगाडी

पर्साको ठोरी गाउँपालिकामा अध्यक्षका माओवादी उम्मेदवार पिएल श्रेष्ठ ७८० मतसहित अग्रता कायम राखेका छन् । तर, एमाले उम्मेदवार लालबहादुर श्रेष्ठ ७७५ मतसहित निकट प्रतिस्पर्धामा छन् ।

उपाध्यक्षमा एमालेकी गोकुलीकुमारी रेग्मी ७६९ मतसहित अगाडि छिन् । उनलाई पछ्याइरहेकी माओवादी उम्मेदवार शान्तिमाया थिङले अहिलेसम्म ६४४ मत ल्याएकी छिन् ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार जरी लामा थिङले ५४७ तथा उपाध्यक्षकी उम्मेदवार गीतादेवी विष्टले ५८९ मत पाएकी छिन् ।
११ हजार ८७ मतदाता रहेको सो गाउँपालिकामा ७ हजार ६ सय ४२ मत खसेको थियो । अहिलेसम्म एक नम्बर वडाको नतिजा सार्वजनिक भइसकेको छ ।

१ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार रामप्रकाश कुँवर नेतृत्वको प्यानल विजयी भएको छ । अहिले २ नम्बर वडाको मतगणना भइरहेको छ ।
नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!