सिराहामा क़सले कति वडामा जीते त (अपडेट)

सिरहा, असोज ३ – तेस्रो चरण अन्तर्गतको स्थानीय तह चुनावको मतगणनाको परिणाममा माओवादी केन्द्रले सबैभंदा बढी ३ वडामा जीत हासिल गरेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ र ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष विजयी भएका छन् । १ नम्वर वडामा मोहन केसीको प्यानल विजयी भएको हो ।

३ नम्वर वडामा अध्यक्ष कपलेश्वर यादव विजयी हुनुभएको छ । सबै सदस्यहरु भने नेकपा एमालेका विजयी भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।

त्यसैगरी अर्नमा गाउँपालिका १ बाट पनि माओवादी केन्द्रका वडाअध्यक्ष गफार मियाँको प्यानल विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

लहान नगरपालिका वडानम्बर २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सीयाराम यादवसहित प्यानल नै विजयी भएका छन् ।
यसैगरी सिरहाको भवगवानपुर वडा नम्बर १ र औरही गाउँपालिका १ बाट संघीय समाजवादी फोरम नेपालका वडा अध्यक्ष पदका उम्मेदवारहरु क्रमशः बद्रीनारायण यादव र सुरैतलाल यादवको प्यानल विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

कल्याणपुर नगारपालिकाको १ बाट राजपाका जयराम कामती र २ नम्वर वडाबाट विन्देश्वर मुखिया वडाअध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी, धनगढीमाई नगरपालिका १ मा नेकपा एमालेका सूर्यनारायण महतो विजयी हुनुभएको छ । कर्जन्हा नगरपालिका २ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अहिलेसम्म जिल्लाका सवै स्थानीय तहको मतगणना प्रकृया शान्तिपूर्ण ढंगले चलिरहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताउनु भयो । उहाँले विभिन्न कारणले सवै ठाउँको मत परिणामहरु समयमा आउन नसकिरहेको जनाउनु भयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!