एमालेका कुमारलाई हराउँदै माओवादीका चुडामणी विजयी

बर्दिबास, नेकपा माओवादी केन्द्रले महोत्तरीमा जीतको खाता खोलेको छ । महोत्तरीको चर्चित बर्दिवास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चुडामणि पोखरेल ऋषि विजयी भएका हुन ।

राजमार्गमा पर्ने नगरपालिकामा एमालेको बलियो प्रभाव रहेपनि वडा नं. १ मा पोखरेलले ७५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार भण्डारीले ६६५ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका भुलन सेन ठकुरीले ४६० मत प्राप्त गरेका छन् ।

बर्दिबासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी सभालाई सम्बोधन गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचनको मौन अवधि शुरु हुनभन्दा एकदिन अघि चुनावी सभालाई सम्बोधन गर्न बर्दिवास पुगेका थिए ।

बर्दिवासमा पहाडी र मधेसी समुदायको सघन बसोबास रहेको छ । मेयरमा भने एमाले, माओवादी र कांग्रेसबीच कडा टक्कर देखिएको छ ।

वडा नं. १४ मा भने नेपाली कांग्रेसले जीत हासिल पारेको छ ।
बाराको देवताल–१ मा पनि माओवादी प्यानलै विजयी भएको छ । माओवादी केन्द्रले बाराको देवताल गाउँपालिका वडा नं १ मा पन्नालाल प्रसाद नेतृत्वको प्यानलै जितेको छ । प्रसादले २ सय २ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!