माओवादीले मतपत्र च्यात्न खोजेको आरोप झूठो– निर्वाचन अधिकृत

बाराको बारागढी गाउँपालिकामा माओवादी केन्द्रले मतपत्र च्यात्न खोजेको आरोपमा कुनै सत्यता नभएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि केही मिडियामा माओवादीले मतपत्र च्यात्न खोजेको समाचार सार्वजनिक भएको थियो ।

आफूहरू बाहिर निस्किएका वेला नियोजित रूपमा मुचुल्का उठाई पेटिका खोलेर मत खन्याइएको भन्दै माओवादीका प्रतिनिधिले विरोध जनाएपछि विवाद सुरु भएपनि मतपत्र च्यात्ने प्रयास नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

नयाँ पत्रिका दैनिकले मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापालाई उद्दृत गर्दै प्रकाशित गरेको समाचार अनुसार, सामान्य असमझदारीका कारण विवाद उत्पन्न भएको थियो । “बाहिर हल्ला चलेजस्तो मतपत्र च्यात्ने प्रयास कतैबाट भएको छैन,’ मुख्य निर्वाचन अधिकृतले थपे, ‘सबै दलबीचको सहमतिमै मतगणना अघि बढ्छ ।’

थापाले भनेकी छिन्, “एकैपटक धेरै ठाउँमा मतगणना चलिरहेको थियो । निर्वाचन अधिकृतले मत गन्न आदेश दिएपछि गणनामा खटिएका कर्मचारीहरूले मुचुल्का बनाउने र मतपेटिका खोल्ने काम गरेका रहेछन् । तर, केही प्रतिनिधिले आफूहरूको सहमति बिना मुचुल्का बनाएर मतपेटिका किन खोलियो भन्दै विरोध जनाएपछि गणना रोकिएको हो,’

माओवादी प्रतिनिधिले भने जानकारी गराएरै आफूहरू बाहिर गएका वेला मुचुल्का उठाइएको र मतपेटिका खोलिएको भन्दै गलत नियत देखिएको दावी गरे का छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!