आयल निगमका प्रमुख खड्कालाई बर्खास्त गरेकोमा केपी ओलीको चर्को आक्रोश

काठमाडौं, आयल निगम जगा खरिद प्रकरणमा नेकपा एमालेको संलग्नता रहेको आरोप आपूर्ति मन्त्री शिवकुमार मण्डलले लगाएको बेला एमाले अध्यक्ष केपी ओलीले निगम प्रमुख खडकालाई बर्खास्त गरिएकोमा आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार राजधानीमा एक आयोजित कार्यक्रममा उनले आयल निगमका प्रमुख गोपाल खड्का भरियामात्रै भएको भन्दै उनलाइ बर्खास्त गरेकोमा आक्रोश व्यक्त गरे । ओलीले खडकालाई भारी बोकाउनेहरुको नाम भने उल्लेख गरेनन् ।

सर्वोच्च अदालतका ११ जना न्यायाधीश नियुक्तिविरुद्ध परेको मुद्दामा पनि असहमति जनाउँदै ओलीले एमाले त्यसकोविरुद्ध उभिने बताए । एमालेको संलग्नता रहेको आरोपबारे भने ओलीले कार्यक्रममा केही उल्लेख गरेनन् ।

आयल निगमको जग्गा खरीद प्रकरणमा एमालेका उच्च नेताहरुको संलग्नता रहेको आरोप यसै साता आपूर्ति मन्त्री मण्डलले लगाएका थिए ।

एमाले अध्यक्ष ओलीले खडकालाई बर्खास्त गरेकोमा बिरोध गरेर मन्त्री मण्डलको आरोपलाई पुष्टि गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी शुरु भएको छ ।

ओली प्रधानमन्त्री भएको बेला आयल निगमको सञ्चालक समितिले उनलाई बर्खास्त गर्न कारवाहीको सिफारिस गरेको थियो । तत्कालिन आपूर्ति मन्त्री गणेशमान पुनले सो सम्बन्धी कारवाहीका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजान खोजेपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले नै खडकालाई उन्मुक्ति दिन उक्त प्रस्ताव अघि नबढाउन निर्देशन दिएका थिए ।

सो समयमा सञ्चालक समिति र आपूर्ति मन्त्रालयले कारवाहीको प्रक्रिया अगाडि बढाउन चाहेपनि ओलीकै कारण खडका जोगिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!