बीरगञ्जमा १ सय मत गन्दा १७ बदर, कांग्रेसको सुरुआती अग्रता

वीरगञ्ज । तेश्रो चरणको निर्वाचन अन्तर्गत सबैले निकै चासोका साथ हेरिरहेको पर्साको बीरगञ्ज महानगरपालिकामा बदर मतको संख्या अत्यधिक देखिएको छ ।

ढिलोगरी सुरु भएको मतगणनाको एकसय मत गणना गर्दा कांग्रेस अग्रस्थानमा देखिएको छ ।

तेस्रो चरणको स्थानीय निर्वाचनको सबैभन्दा बढी चासो रहेको वीरगञ्जमा एकसय भोट गन्दा नेपाली कांग्रेसले मेयरमा २७ उपमेयरमा ३० मत ल्याएको छ ।
मेयरमा राजपाले २७ मेयरमा र उपमेयरले २७ मत पाएका छन् ।तेस्रो स्थानमा रहेका संघीय फोरमका उम्मेदवारले मेयरमा २१ र उपमेयरमा १९ मत पाएका छन् ।
एक सय भोट गन्दा १७ भोट बदर भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!