पसार्गढी नगरपालिकामा एमालेको अग्रता, वडा नं. १ र २ मा कांग्रेस विजयी

पर्सा, पर्सागढी नगरपालिकाको प्रारम्भिक मतणना सार्वजनिक भएको छ । नतिजा अनुसार मेयरमा एमालेले अग्रता लिएको छ । उपमेयरमा भने नेपाली कांग्रेस अगाडि छ । वडा नं. १ को अन्तिम परिणाममा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ ।

मेयर
नेकपा एमाले गोकर्ण पाठक ९०५
नेपाली कांग्रेस कालिदेवि चौधरी ८७०

उपमेयर
नेपाली काँग्रेस अर्चना चौधरी ९३२
नेकपा एमाले लोक नारायण यादव ७४०

वडा नम्बर १ मा नेपाली काँग्रेसका वडा अध्यक्ष तुलाराम महतो ५८७ विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी एमालेको राजकपुर खवासले ५३३ मत प्राप्त गरे । यसैगरी वडा २ नम्बर वडा अध्यक्षमा काँग्रेसका वेदमन दास थारु ४७८ विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी एमाले विरेन्द्र प्रसाद महतो थारुले ३६३ ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!