लालबन्दीमा तीन वटा वडाको मतगणना एकैपटक शुरु

सर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा मतगणना शुरु भएको छ । वडा नं. १, २ र ३ को मतणना तीनवटा समूह बनाएर एकैपटक शुरु गरिएको हो

लालबन्दी नगरपालिकाको विकट गाउँ नारायणखोलाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान मात्रै मटपेटिका ल्याइएकाले अपरान्हदेखि मतगणना सूरु गरिएको हो ।
दलका प्रतिनिधीलाई जालीको बाहिर राखेर गणना सूरु गरिएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । लालबन्दीमा कुल ३० हजार ८ सय ७५ जना मतदाता रहेका छन् ।

यसअघि एमालेको बलियो प्रभाव रहेपनि माओवादी केन्द्रले लालबन्दीमा जित्ने दावी गर्दै आएको छ ।

 

File Photo

कमेन्ट गर्नुहोस्

error: Content is protected !!