माओवादीको सपना– संसदले पारित गर्यो थारु र मुस्लिम आयोग विधेयक

काठमाडौं, नेपाली समाजमा अल्पसंख्यक र अधिकारविहिन समुदायका रुपमा चिनिएका थारु र मुस्लिम समुदायको अधिकार संरक्षणका लागि थारु र मुस्लिम आयोगको विधेयकलाई व्यवस्थापिका संसदले पारित गरेको छ ।

सशस्त्र युद्दका बेला नेकपा माओवादीले मुस्लिम र थारु मुक्ति मोर्चाको माग गर्दै यी समुदायलाई राज्यले विशेषाधिकार दिनुपर्ने माग उठाएको थियो ।

आज बसेको आज बसेको संसद बैठकले थारु आयोग विधेयक र मुस्लिम आयोग विधेयक पारित गरेको हो । गत भदौं २३ गतेको बैठकमा गणपुरक संख्या नपुगेपछि ती विधेयक कार्यसूचीमा रहेपनि पारित हुन सकेको थिएन । यस्तै बैठकले सहकारी विधेयक र केही नेपाल कानुनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

यसैगरी आजको संसद बैठकले विधायन समितिको प्रतिवेदन सहितको देवानी संहिता र देवानी कार्यविधि संहिता विधेयक थप छलफलका लागि समितिमा पठाएको छ । विधेयकमा रहेको इच्छा पत्रको विषयमा दलहरुबीच सहमति हुन नसकेपछि थप परिमार्जनको लागि समितिमा पठाउने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!