करेन्ट लागेर एकको मृत्यु

स्याङ्जा, ३ असोज । वालिङ–४ एलादीमा करेन्ट लागेर एलादीका ५० वर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको छ ।

गए राति स्थानीयवासी रामबहादुर गुरुङको बंगुर फार्म सफा गर्नका लागि खोलाबाट मोटरमार्फत पानी तान्नेक्रममा करेन्ट लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

शव परीक्षणपछि परिवारलाई बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!