संबिधान बमोजिम कार्यन्वयनमा जानुपर्नेमा जोड

असोज ३ । संबिधान दिवसका अवसरमा मंगलवार भरतपुरमा संविधान दिवस जिल्ला समारोह समिति चितवनद्धारा आयोजीत कार्यक्रममा संविधानले व्यवस्था गरे बमोजिम कार्यान्वयनमा ल्याउनु अबको आवस्यकता रहेको बक्ताहरूले जोड दियका छन् ।

कार्यक्रमको प्रमुख अतिथी रहेका बन तथा भू संरक्ष्ण मन्त्री बिक्रम पाण्डेले आफू संबिधान लागुगर्ने सिपाही रहेको र भाषण,आन्दोलन छाडी संविधान बमोजिम जनताका हक अधिकार र कर्तव्य कार्यान्वयनमा लाग्नु पर्ने बताए । संविधान बमोजिम कार्यन्वयनमा जान सक्दामात्र संविधान दिवस मनाउँदाको सान्दर्भिकता रहने पाण्डेको जोड थियो ।

कार्यक्रममा व्यवस्थापिका सांसद कृष्णभक्त पोखरेलले वर्ग क्षेत्र सबैको सहभागितामा निर्माण भयको नेपालको संविधान विश्वकै उत्कृस्ट संविधान भएकोमा जोड दिदै संविधानले व्यवस्था गरेका प्रावधानहरूलार्इ कार्यान्वयनमा ल्यायर परिबर्तनको प्रत्याभूत गरिनुपर्ने । संविधानको कार्यान्वयन अगाडी बढिरहेको र संविधानमा केही प्राबधान समावेश हुन बाँकी रहेको बताउँदै यसलार्इ संसोधनका माध्यमबाट व्यवस्था गर्दै न्यायपूर्ण कानुनहरू निर्माण गरी अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा भरतपुरमहानगरपालिकाकी मेयर रेनु दाहालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल वर्तमान संविधान भएको जोड दिँदै कार्यन्वयनको दिशामा अगाडी बढ्नु सबैको दायित्व हुने बताईन् ।

स्थानिय निकायको निर्वाचन सम्पन्न भएको छ । छिट्टै नै प्रदेश सभा र केन्द्रको निर्वाचनको मिति घोषणा भएको छ। यो पनि संविधान कार्यन्वयनको एउटा महत्वपूर्ण पाटो हो ।संविधानमा समेटिन नसकिएका विषयहरुलाई आगामी दिनहरुमा समेट्दै जानुपर्नेमा उनले जोड दिईन् मेयर दाहालले भनिन् हामीले संविधानका माध्यमबाट युगान्तकारी परिवर्तन हासिल गरेका छौं अब हामीले विकास र संवद्धि मार्फत अगाडी बढ्नु छ ।

अर्को एक प्रसंगमा भरतपुरमहानगरपालिकालाई विकासको माध्यबाट कायापलट गर्नुपर्ने बताउँदै आग्रह र पूर्वाग्रह छोडी विकासको निम्ति एक ढिक्का भएर लाग्न सबैलाई आग्रह गरिन् ।उनले भनिन् महानगरपालिका राम्रो कामको लागि सबैसँग सहकार्य गर्न तयार छ ।

सो कार्यक्रममा नेपाली काग्रेसका सचिव उत्तम जोशी, नेकपा ऐमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी संगिता भट्टरार्इ, नेपाल बार एसोसियसनका अध्यक्ष गोपीलाल देवकोटा प्रमुख जिल्ला अधिकारी नारायण प्र.भट्ट लगायतले नेपालले युगान्तकारी परिबर्तन हासिल गरेको बताउँदै संबिधान कार्यन्वयन मार्फत संस्थागत गर्दै अगाडी बढ्नुपर्ने ।

नागरिकता लगायतका कुरामा कानुनको पूर्णता नरहेको बताउँदै तेस्ता समस्याहरू संबोधन गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए । संबिधान दिवस मूल समारोह समितिका संयोजक कृष्ण सुबेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम पूर्ब भरतपुरको चौबिस कोठीबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा जनप्रतिनिधिहरु र राजनितिक दलका नेता,सरकारी कर्मचारी,सुरक्षा निकाय, नागरिक समाजका साथै सर्वसाधरणको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!