अपडेटः सिराहाको मतपरिणामअनुसार माओवादी तीन, कांग्रेस र एमाले दुई स्थानमा

सिराहा, असोज ३ । सिरहाको लहान नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेस मेयर पदका उम्मेदवार अचमित लाल चौधरीले ७२६ मत ल्याएको छ । संघीय समाजवादी फोरमका उम्मेदवारले ६८० मत र नेकपा एमालेका उम्मेदवारले ६४६ मत ल्याएको छ ।

औरही गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवार सुभाष कुमार दासले ११० मतका साथ अग्रता कायम गरेका छन् । गोलबजार नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । नेकपा माओवादीका उम्मेदवार देवनाथ साहले १५२ नेकपा एमाले ८९ र नेपाली कांग्रेसले ८७ मत ल्याएका छन् ।

मिर्चैया नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रका श्रवणकुमार यादवले ३६१ एमालेका उम्मेदवार १७६ नेपाली कांग्रेसका उम्मेदवारले १०७ मत ल्याएका छन् । अर्नमा गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका ठकु महतो कोइरीले ३३९ मतका साथ अग्रता लिएको थियो भने नेकपा एमालेका उम्मेदवारले २४९ नेपाली कांग्रेसका उम्मेदवारले १८४ मत ल्याएका छन् ।

विष्णुपुर गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार सत्यनारायण यादवले १७२ मत फोरमका उम्मेदवारको ११४ र राजपाका उम्मेदवारले १०१ मत ल्याएका छन् । नरहा गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमाले अध्यक्षका उम्मेदवार रामशरण यादव २०१ मत, नेपाली कांग्रेसका उम्मेदवारले १७२ र संघीय समाजवादी फोरमका उम्मेदवारले ५ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!