वीरगञ्ज महानगरपालिकामा मतगणना सुरु

वीरगञ्ज, असोज ३ । वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसोदेखि मतगणना सुरू भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो ।

वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!