प्रदेश नं.२ मा ७७ प्रतिशत मत खसेको आयोगको स्पष्टोक्ति

काठमाडौं, असोज ३ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोतरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मत खसेको छ ।

१३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना सुरु भएको छ । बाँकी स्थानमा सम्वन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!