क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

पोखरा, असोज ३ । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिए ।

जाँचका क्रममा माइक्रोबसमा मुडालगायत सामान प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उनले बताए ।

केही दिनयता क्षमताभन्दा बढी सिट बनाएर यात्रु बोक्ने गरेका दैनिक १० भन्दा माथि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!