मिस एयरहोस्टेज २०१७ को ताज पहिरन सफल भइन् रिवा

असोज ३ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरन्त कंसाकारले पानसमा वत्तिवालेर उद्घाटन गरेको थियो । विशेष अतिथि सौर्य एयरलाइन्सका प्रवन्ध निर्देशक गोपाल भट्राई राससका अध्यक्ष कुलचन्द्र वाग्लेको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपालका एभीएसन क्षेत्रका विशिष्ट व्यक्तिहरुको वाक्लो उपस्थिति थियो ।

उक्त कार्यक्रममा मुख्य निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा, सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रो.डा.स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणीत केसी, सिता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहेको थियो ।

सिजन मिडियाद्धारा विगत ७ वर्षदेखि आयोजना गर्दै आएको मिस एयरहोस्टेस २०१७ चौथो सस्ंकरणको ताज धरानकी १९ वर्षिय रिवा लिम्वुले ३४ जना प्रतियोगीहरुलाई पछि पारी ताज शिरमा लगाउन सफल भइन् । प्रतियोगितामा विजेता भई लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र उपाधि सहित रु २५ हजार नगद रुपैया र वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृत्ति पाइन् भने एभीयसन म्यूजीएममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरिन् ।

त्यस्तै गरी फस्ट रनर अप कंलङ्कीको सिजु सिंह ठकुरीले नगद रु.१५ हजार रुपैया र वेष्ट ड्रेसको उपाधी प्राप्त गरिन भने सेकेण्ड रनरअप मोनालिसा पाख्रीनले हातपारीन भने मिस पर्सनालीटीको अवार्ड पनि हातपारीन र रु.दश हजार रुपैयाँ साथै वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा रु.१ लाखबराबरको छात्रावृत्ति प्रदान गरिने छ ।

अवार्डमा अर्गनाइजर च्वाइस अवार्ड दिक्षा थापा, मिस ट्यालेन्ट अनु वुढा मगर, मिस फोटोजेनिक अस्मीता वुढाथोकी, वेस्ट स्माइल पुजा खत्री, मिस फेन्डसीप अवार्ड सुप्रीया थापा मगर, मिस डिसिपिललिन अवार्ड सपना जोशी, मिस पपुलर फुरलामु शेर्पा, मिस मल्टी मिडिया एलीना श्रेष्ठले पाएका छन् । साथै भिर्योस च्वाइस अवार्ड वर्षा चाम्लीङ राई, वेस्ट स्कीन विमु लिम्वुले हात पार्न सफल भए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!