अनुभूतिको अभिलाषा

हाम्रो जस्तो विद्यमान पुरुष प्रधान समाजमा नारीले गरेका कामहरुको सम्मान नर्गन सक्छन । तर, उनको यो कविता संगालो पढ्ने हो भने नारी पनि पुरुषभन्दा कम छैनन् भन्ने सन्देश दिएको छ ।

आफुभित्र रहेको क्षमता, प्रतिभा र पीडालाई कसरी नारीहरुले गुम्साएर राखेका हुन्छन् ? भन्ने सहजै यो कविताबाट बुझन सकिन्छ । अरुको बारेमा कलम चलाउनुभन्दा आफ्नो बारेमा कलम चलाउनु महान् हो । भनिन्छ ‘कुनै पनि मानिसले आफूभित्र रहेको पीडालाई बाहिर ल्याउन सक्यो भने उसको मन हलुका हुन्छ ।’

लेखिकाले पनि सहित्य सृजना मार्फत ‘मभित्रको मान्छे तिमी’ नामक कविता संगालोबाट आफूभित्र गुम्सिएर रहेका वेदनाहरुलाई बाहिर प्रकट गरेकी छन । वि.स. २०७३ फागुन महिनामा प्रकाशित कविता संगालो आफैमा एक अनुभवी पात्र बनेकी छन ।

यसमा आफुले गर्न खोजेको सत्प्रयासको फोटाहरु समावेश गरिएको छ । पढ्दा प्रगतिशील छ भने सुरुवातीबाटै आफ्ना भोगाईलाई कविता मार्फत प्रकट गरिएको छ ।

जव आफुभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सक्दैन भने जीवनमा केही गर्न पनि सक्दैन । यस्तै सुगिता शाह (धिताल) को ‘मन भित्रको मान्छे तिमी’ भन्ने कविता संगालोले पनि यस्तै बुझाउछ ।

दिनको सूर्य रातको चन्द्र डुवेझै लाग्दछ ।
बसन्त पनि शिशिर जस्तो मलाई लाग्दछ ।।
मिलनका यादरुपी अक्षर रोपी बस्दछु सम्झेर ।
ए जीवन साथि मलाई छोडर गयौ रित्तीयो संसार ।।

समिक्षा: कविता संगालो
म भित्रको मान्छे तिमी
लेखक : सुगिता शाह (धिताल)
प्रकाशन: नोबेल साकोस साहित्य प्रतिष्ठान
विधा: कविता संगालो
पृष्ठ: ६०।–
मुल्य: १००।–

यी माथिका पंक्तिले लेखिका आफैमा एक्लि र पीडित भएको बुझिन्छ । ‘संगै बाच्ने सँगै मर्ने’ कसम खाएर दुई मुटु एक धड्कन भएका जीवनसाथी सदाको लागि छुट्टिन पुगेका छन् । दैवले लेखिकाको सवै खुसी लुटेर लिएको छ ।

यो संगालोमा नारीको सामाजिक पहिचान देखाउन खोजिएको छ । सिउँदोको सिन्दुर पखालिदाँ विछिप्त भएको समयमा आफ्ना मनमा खेलेका कुराहरुलाई साहित्यको माध्यमबाट बाहिर ल्याएकी छन ।

कतिपय मनमा लागेका कुराहरु भन्दा हाम्रो समाजले नपचाउने भएकाले एउटा लेखकको माध्यमबाट फदाफाँस गरिएको छ । यो संगालो पढ्दा भावुक बनाउँछ । संसारमा सबै नष्ट हुन्छन् मात्र एउटा प्रेम बाँकी रहन्छ । त्यही प्रेमको वियोगलाई खुसीमा परिणत गरिएको छ ।

समाजमा सिन्दूर पुछिएको नारीलाई हेर्ने दृष्टिमा लेखिका घोर आपत्ति छ । समाजमा रहेका विकृति विसंगतिलाई हटाउन यो खोजिएको छ । कविताको संगालोमा पहिला आफुमा भएको पीडा र वेदनालाई बाहिर ल्याएकी छन । आफू एउटा नारी भएर पराईको घरमा गएपछि जीवनको सवैभन्दा खुसीको क्षण हुन्छ । त्यो क्षणलाई जीवनमा सधै भरी आदानप्रदान गरी खुसी परिवार बनाउँला भन्ने योजना हुन्छ, अन्ततः केही वर्षपछि आफ्नो जीवनसाथी लेखिकालाई यो संसारमा एक्लै छोडी आफु धर्तीबाट बिदा हुन्छ । उनको एउटा चिनोको रुपमा एउटी लक्ष्मीलाई छोडेका हुन्छन । ती लक्ष्मी दिन प्रतिदिन बढ्दै जान्छिन । र घरपरिवार सवैको बारेमा बुझ्न खोज्दा एउटै शब्दले उनको मन बहकिएको हुन्छ ।

त्यसपछि ती शब्दहरु कविता बन्छन । अनुभूति भनेको पूरा अनुभव ज्ञान मनस्थितिको सीमामा घुसिसकको मानसिक अनुभव परिज्ञान हो भने मन भनेको चित्त मानस दिल हृदय वा अभिलाषा भन्ने बुझिन्छ । यी दुवै अर्थलाई समावेश हुने गरी लेखिएको छ ।

‘मन भित्रको मान्छे तिमी’ यो किताव अध्ययन गर्दा अरुलाई भन्दा आफैभित्र भएको कथा–व्यथालाई समावेश गरिएको छ ।

त्यसैले यो ‘अनुभूतिको अभिलाषा’ भनिएको छ । कविता संग्रहमा आफ्नो जीवनसाथीले छोडी गएको, शिरको सिन्दुर भेटिएको, जवानीले छोएको जीवन, कुदृष्टि, तित्तो घर, बाबु–आमाप्रति छोराछोरीको कर्तब्य, कुनै नयाँ काम गर्ने, जीवनमा सवैभन्दा ठूलो खुशी भेटिएको, आफु जन्मिएको ठाउँ, समाजमा रहेको कुप्रथा, आफु एक साहसी नारी भएका कारण आफ्नो विद्यालयमा पढ्ने विद्यार्थी लगायत अन्तत ः राष्ट्रियप्रति बफादार रही सधैँ न्याय र सत्यको विजय हुन आवश्यक छ भन्दै ६० पृष्ठमा प्रकाशित कविता संगालोको समाप्त गरिएको छ । अहमता र घमण्डले उनीहरुलाई यति उचाईसम्म पु¥याईदिएको हुन्छ । जसको कुनै सीमा हुन्न ।

अरु केही गर्न नसकेपनि आफुले भोगेका र देखेका कुरा लेख्न त सक्छन ? तर काम भन्दा कुरा धेरै गर्ने बानिको विकास भएको हुनाले काम कम कुरा धेरै गर्ने गर्दछन । यतिमात्र हैन घरपरिवार, समाज र राष्ट्रलाई नै एउटा सुन्दर, सभ्य, शान्त र समृद्ध बनाउनमा जोड दिएकी छन । हाम्रोजस्तो चार वर्ण छत्तीस जातको फुलबारीलाई खलबल्याउन नहुन सन्देश दिएकी छन । यसैले उनको यो कविता संगालो धेरै जस्तो स्व.दशरथ धिताललाई समर्पण गरिएर लेखिएको छ । तीन जनाको फोटा राखी ‘मेरो सानो संसार’ लेखी यो कविता संगालो अन्त्य गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!