मकवानपुरकाे हेटौंडामा ट्रक दुर्घटनाः चालकको मृत्यु, सहचालक गम्भीर

मकवानपुर, । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ ।

आज बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोही दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भई थप उपचारका लागि पालुङस्थित उपचार केन्द्र ल्याई त्यहाँबाट आजै बिहान काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौंडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिए ।

सो ट्रकमा अन्य यात्रु नभएको पालुङ इलाका प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!