बारामा कांग्रेस र मधेसवादी दलबीच कडा प्रतिस्पर्धा

बाराको सिम्रौनगढ नगरपालिकामा स्थानिय तह तेस्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार मधेसवादी दलले अग्रता लिएका छन्।

अहिले वडा नं. १ र ११ को मतगणना भईसकेको छ। प्रारम्भिक मतपरिणामअनुसार वडा नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कांग्रेसले ५६ मत ल्याएको छ भने राजपाले ५५, संघीय समाजवादी फोरमले ४१ र माओवादी केन्द्रले २३ मत प्राप्त गरेको छ। त्यसैगरी वडा नम्बर ११ मा प्रारम्भिक मतपरिणामअनुसार संघीय समाजवादी फोरमले अग्रता लिएको छ।

फोरमले ९० मत ल्याएको छ भने राजपाले ३९, कांग्रेसले २३ र माओवादी केन्द्रले १० मत प्राप्त गरेको छ।

त्यस्तै, फेटा गाँउपालिकामा वडा नम्बर १ मा प्रारम्भिक मतपरिणामअनुसार संघीय समाजवादी फोरमले अग्रता लिएको छ।

फोरमले ५६ मत ल्याएको छ भने कांग्रेसले ४८ लोकतान्त्रिक फोरमले ३०, माओवादी केन्द्रले २२ राजपाले र नेकपा एमालले १५/१५ मत प्राप्त गरेको छ।

बाराको बारागढी ६ वटै पटक सुरु गरिएको छ। १ देखि ६ सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले २०५ मत सहित अग्रता लिएको छ।

त्यसैगरी, संघीय समाजवादी फोरमले १५४ मत र नेकपा एमालले १२८ मत ल्याएको छ । बाराका १६ वटामध्ये ७ वटामा तहमा भर्खरै मतगणना सुरु भएको छ। जितपुरसिमरा उपमहानगरपालिकाको १ नम्बर वडाबाट मतगणना थालिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!