काठमाडौँमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ, असोज ३ । काठमाडौँको शान्तिनगरमा सोमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । बा ७ च ६२०६ नम्बरको टाटा मोबाइलले ठक्करदिँदा पैदल यात्रु बिशाल तिमल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने बिशाल तिमल्सिना मकवानपुरको चिसापानी स्थायी घर भई अहिले नयाँ बानेश्वर बस्दै आएका थिए । दुर्घटना पछि फरार भएका चालकले पछि प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!