मतगणना माग गर्दै जनकपुरमा नारावाजी

जनकपुर, असोज ३ । धेरैे चासोपूर्वक हेरेको धनुषाको जनकपुर उपमहानगरपालिकामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।

तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै गणनास्थलबाहिर विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणले नाराबाजी गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयले भने मंगलबार बिहानबाट मात्र मतगणना सुरु हुने जनाएको छ ।

मतगणनाकाे माग गर्दै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयअगाडि मध्यरातमा नाराबाजी गर्दै सर्वसाधारण । तस्बिर – हदिश खुद्दार/नयाँ पत्रिका

मतगणना सुरु गर्ने विषयमा निर्णय गर्न सोमबार बेलुकी बसेको सर्वदलीय बैठक निष्कर्षहीन भएपछि गणना कार्य सुरु हुन नसकेको हो । बेलुकीबाटै मतगणना गर्न सबै राजनीतिक दलले सहमति जनाए पनि कांग्रेसले अस्वीकार गरेको बैठकमा सहभागी प्रतिनिधिहरूले जनाएका छन् ।

कांग्रेसले भालि बिहानबाट मात्र गणना कार्य अगाडि बढाउनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सबैको सहमतिमा मंगलबार बिहानबाट मतगणनाको काम थालिने बताए । मतदानस्थल बाहिर भने अहिले पनि नाराबाजी भइरहको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!