असोज ११ गतेबाट ‘छक्का–पञ्जा २’ प्रदर्शनको तयारीमा

असोज २ । यही आउँदा असोज ११ गतेबाट वर्षको प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पन्जा २’ रिलिजको तयारीमा रहेको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र अघिल्लो चलचित्र ‘छक्का पन्जा’ सफल भएको कारण पनि प्रतिक्षामा रहेको छ।

नेपाली चलचित्रमा ईतिहास रच्न सफल चलचित्रको सिक्वेलमा पुराना अधिकांश कलाकारको साथमा केहि नयाँ कलाकार समेत थपिएका छन् । चलचित्रकी निर्देशक दिपाश्री निरौला र कलाकार केदार घिमिरे माग्नेबुढा संग हामीले चलचित्र ‘छक्का पन्जा २’ र त्यो भन्दा पनि बढी दुवैले सहकारी गरेका अन्य चलचित्रको बारेमा हामीले चर्चा गर्ने प्रयास गरेका छौ ।

नेपाली चर्चित चलचित्र ‘वडा नं.६’ का चर्चित गीत ‘सुर्के थैली खै’ मा दिपाश्री निरौला र केदार घिमिरे जोडीको रुपमा नाचेका थिए । उक्त गीतमा कोरियोग्राफरले केदारले दिपाश्रीलाई बोक्नुपर्ने सिन बताउँदा केदार भागेका थिए। पछी दीपाको ठाउँमा ठेकी बोकेर उनी नाचेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!