दुई वर्षीया बालिका बलात्कारको अभियोगमा अपांग वृद्ध पक्राउ

बनेपा, असोज २ । काभ्रेमा दुई वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ५८ वर्षीय एक अपांग वृद्धलाई पक्राउ गरेको छ । जिल्लाको भुम्लु गाउँपालिका १० कोलातीकी दुई वर्षीया बालिकालाई बलात्कार गरेको पीडितका आमा बाबुले किटानी जाहेरी दिएपछि प्रहरीले स्थानीय तिर्थबहादुर पहरीलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनाका आरोपित पहरी अपांग भएको र उनका दुवै हातखुट्टा चल्दैनन् । पहरीलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक महेन्द्र मरासिनीले बताए । हाल पीडित बालिकालाई सेभ हाउस धुलिखेलमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!