पुरुषमा भन्दा महिलामा यौन चाहना बढी

महिला र पुरुषमा कस्को यौन इच्छा बढी हुने गर्दछ भन्ने विषय विवादास्पद छ । आम धारणा पुरुषको काम वासना अधिक हुन्छ भन्ने छ । पुरुषमा यौन चाहना बढी प्रबल रहने आम मान्यता छ । तर, हालै गरिएको एउटा अध्ययनले भने पुरुषको भन्दा यौनचाहना महिलामा बढी हुने गरेको प्रमाणित गरेको छ ।

अनलाइन डील प्रोभाइडर कम्पनी भाउचर कोड्स प्रोले हालै एउटा अध्ययन गराएको थियो। जसमा पुरुष पार्टनरको तुलनामा महिलाहरुमा सेक्सप्रति झुकाव बढी हुने खुलासा गरेको छ।

युकेमा गरिएको उक्त सर्भेमा १८ वर्षमाथि उमेरसमूहका २ हजार ३ सय ८३ जनालाई सहभागी गराइएको थियो । सर्भेको नतिजाअनुसार ५९ प्रतिशत महिलाले आफ्नो पार्टनरको तुलनामा बढी सेक्स गर्ने इच्छा व्यक्त गरेका थिए, जसमा पुरुषको प्रतिशत ४१ थियो ।

सर्भेमा करिब २१ प्रतिशत जोडीले यो कुरा स्वीकार गरे कि उनीहरुको पछिल्लो यौन जीवनका कारणबाट सेक्सका क्रममा आफ्नो पार्टनरसँग उनीहरुको झगडा भएको थियो ।

सर्भेमा सहभागी ३२ प्रतिशत सहभागीहरुले आफ्नो जीवनसाथी (श्रीमान वा श्रीमती) प्रेमको मामिलामा निकै आलसी भएको बताए। ३४ प्रतिशतले आफ्नो यौन जीवन निकै बोरिङ रहेको र त्यसमा अडभेन्चरको कम भएको बताए । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!