भाेट नै नखसाली महन्थ ठाकुर काठमाडाैमा

सर्लाही, असोज २ । प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहेको छ । तराईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा सहभागी हुन जनताहरु विहान ६ बजेदेखि नै लाइनमा बसेका पनि छ । तर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष महन्थ ठाकुर भने मतदान गर्न गृहजिल्ला पुगेपनि मतदान नगरी काठमाडौं फर्किएका छन् ।

स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका हुन् । अध्यक्ष ठाकुर सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!