भोट हाल्नका लागि मात्रै बाँचेका वृद्ध

धनुषा, असोज २ । धुनुषाको बटेश्वर गाउँपालिका–१ का ६२ वर्षका जोगेन्द्र सिंह महतोको भोट हाल्नका लागि मात्रै बाँचेको सावित भएको छ । आज विहान ७ बजेदेखि संचालित दुई नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय निर्वाचनमा भोट हालेर बुथाहिर निस्कने वित्तिकै उनको ज्यान गएको हो ।

श्रीलक्ष्मी माध्यमिक विद्यालय, चित्रपुर मतदान केन्द्रबाट भोट दिएका महतो आफ्ना जेठा छोरा चतुरानन्द महतोसँग भोट खसाल्न गएका थिए ।

हृदयघातका कारण उनको निधन भएको परिवारीक स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!