मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो

काठमाडौ, असोज २ । स्थानीय तहको तेस्रो चरण चुनाव अन्तर्गत प्रदेश नम्बर २ मा भइरहेको चुनावमा मध्यान्ह १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ ।

तराईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा सोमबार भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।

मतदान कार्य बेलुका ५ बजेसम्म हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!