फोहर व्यवस्थापन गर्न भन्दै कामपाकाे गेटमा धर्ना

काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर व्यवस्थापनका लागि लापर्वाही गरेको भन्दै स्थानीयवासीले फोहोर व्यवस्थापनका लागि धर्ना दिएका छन् ।

राजधानीको टेकुस्थित स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका हुन् ।

फोहर व्यवस्थापनमा लापरबाही भएपछि दुर्गन्धित भई त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् ।

महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन केन्द्रमा जम्मा गरेर ल्याण्डफिल्ड साइट, सिसडोललगायत स्थानमा फोहर लैजाने गर्दछ ।

ल्याण्डफिल्ड साइटमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसकेका कारण काठमाडौंमा विभिन्न स्थानमा जम्मा भएको फोहर एकैपटक टेकूमा ल्याउन शुरु गरिएकाले दुर्गन्ध फैलिएको स्थानीयवासीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!