चुडामणि शर्माको घरमा विस्फोट

काठमाडौं, असोज २ । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्य–सचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।

गएराति काठमाडौंको बूढानिलकण्ठस्थित शर्माको घरमा विस्फोटक पदार्थ पड्काएको थियो ।

अपरिचित समूहले गराएको सो विस्फोटका कारण शर्माको घरको गेटमा सामान्य आगलागी भएको प्रहरीले जनाएको छ ।

शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!