प्रदेश नम्बर २ मा १५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं, असोज २ । प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मतदान जारी छ ।

प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । अहिलेसम्म प्रतिशत मत खसेकाे छ ।  निर्वाचन आयोगका अनुसार अहिलेसम्म १५ प्रतिशत मतदान भएको हाे। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । निर्वाचनबाट प्रदेश नम्बर २ का स्थानीय तहबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । मतदानबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चुनिने छन् । जसका लागि ३६ हजार ९ सय ९३ उम्मेद्वार मैदानमा छन् । प्रदेश नम्बर २ का ८ जिल्लामा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

मतदानका लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् ।

मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यी स्थानीय तहमा ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी निर्वाचन आयोगले ३१ हजार ५ सय कर्मचारी खटाएको छ ।

 

 

कमेन्ट गर्नुहोस्